Logout

चर्चामा

करिश्मा मानन्धरले भनिन्– निहारिका र उनको छोरालाई एडप्ट गर्न चाहन्छु

1.5k Shares

अभिनेत्री करिश्मा मानन्धले वसन्तपुरमा अनसनरत निहारिका राजपुत र उनको छोरालाई आफूले एडप्ट गर्न चाहेको बताएकी छिन् ।

उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन् । बलात्कारपछि निहारिकाले जन्म दिएका २१ महिने छोरा र निहारिका दुवैलाई आफूले राख्न चाहेको उनले स्टाटसमा लेखेकी छिन् । उनले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको पनि बताएकी छिन् ।

विक्षिप्तिताका कारण उनी निहारिका अनसनरत भएको स्थानमा समेत जान नसकेको बताएकी छिन् । उनले निहारिकालाई आफूले आर्थिक सहयोग गरेको पनि बताएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्– मेरो एउटा छोरी थियो, तिमी भयौ भने दुई जना हुन्छ, बच्चा लिएर घर आऊ, म छु । निहारिका र उनको दूधेबालकलाई ल्याउने प्रक्रियाका लागि सहजीकरण गरिदिन आफूले नेकपा एमालेका सांसद गंगा चौधरी र विमला विकलाई भेटेर आग्रह समेत गरेको करिश्माले बताउन थालेकी छिन् ।

आफू १७ वर्षकी हुँदा नशालु पदार्थ खुवाएर जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको निहारिकाले दाबी गरेकी छिन् । उनी त्यसपछि न्याय माग्दै आएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार