385
Shares
चर्चित हाँस्य कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार उनलाई बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार लम्सालमाथि बलात्कारको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, उक्त विवादपछि चलचित्र ‘पाँच पाण्डव’ निर्माण कम्पनी कालीरानी फिल्म्स प्रालिले लम्साललाई फिल्मबाट हटाएको छ। कम्पनीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा नैतिकताको आधारमा उनलाई हटाइएको उल्लेख गर्दै उनको स्थानमा नयाँ कलाकार अनुबन्ध गरी छायांकन गरिने जनाएको छ।
प्रहरीले घटनासम्बन्धी सत्यतथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।