1.1k
Shares
काठमाडौं । नायक पल शाह प्रहरीसामु उपस्थित हुने भएका छन् ।
बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामु उपस्थित हुने भएका हुन् । उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै नेपालको कानुनलाई सम्मान गर्दै आज ९आइतबार० नेपाल प्रहरीसामु आफैं उपस्थित हुने बताएका छन् ।
गत हप्ता जिल्ला प्रहरी कर्यालय तनहुँमा एक महिलाले आफूमाथि बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएकी थिइन् । उक्त उजुरीपछि प्रहरीले नियन्त्रण गर्ने समाचार बाहिरिएपछि पल फरार थिए ।
तर उनी आज प्रहरीसामु उपस्थित हुने भएका हुन् । उनले फेशबुकमा आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र आफ्नो फिल्मलाई असर नगरोस भनेर प्रहरीसामु उपस्थित हुन नसकेको बताएका छन् ।