Logout

चर्चामा

दीपक दीपाले ल्याए होली गीत ‘धनियाँ के होली’

1.1k Shares

काठमाडौँं । फागु पूर्णिमा नजिकिदै गर्दा होली गीत बजारमा आउँने क्रम बढ्न थालेका छन् ।

यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् ।

गीतमा दीपालाई र सुमित खड्काले स्वरमा साथ दिएका छन् । निरज श्रेष्ठको संगीत रहेको गीतमा दीप नारायण राजवंशीको शब्द छ ।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको भिडियो दीपाश्रीले नै निर्देशन गरेकी हुन् ।

भिडियोमा हरि हुमागाँइको छायाँकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । गीतलाई दर्शकले रुचाउने दीपाले बताएकी छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार