काठमाडौं, १९ माघ – इटालियन फुटबल क्लब इन्टर मिलानले आफ्नै आधिकारिक फेसबुक पेजमा नेपाली गीत बजाउँदै नेपाली भाषामा क्याप्सन लेख्दा नेपाली फ्यानहरू बीच चर्चा चल्यो।
पोस्टमा प्रयोग गरिएको गीत “आँखा झिमझिम भो‘” नेपालका प्रहरी प्रमुख दानबहादुर कार्की द्वारा रचित हो। गीत सदीक्षा कट्टेल र समीर खरेलले गाएका छन् भने संगीत बसन्त सापकोटाले दिएका छन्।
क्याप्सनमा लेखिएको थियोस्
“सबैभन्दा महानस् रोनाल्डो द फेनोमेनन।”
नेपाली फ्यानहरूले उत्साहित प्रतिक्रिया दिएका छन्। केहीले “नेपाली गीत सुनाइदिनुभयो, धन्यवाद।” भनेका छन् भने कतिपयले हल्का ठट्टा गर्दै “इन्टरको एडमिन नेपाली नै हुन् कि क्या होरु” लेखेका छन्।
इन्टर मिलान सन् १९०८ मा स्थापना भएको क्लब हो। इटालियन सिरी ‘ए’ मा कहिल्यै रेलिगेसन नभएको र १८ उपाधि जितिसकेको यो क्लब हाल सिरी ‘ए’ तालिकाको शीर्ष स्थानमा छ। च्याम्पियन्स लिगमा पनि नकआउट चरणको तयारीमा छ।