Logout

चर्चामा

किन बारम्बार ट्रोल भइरहेकी छिन् सुहाना खान ?

475 Shares

नयाँ दिल्ली । शाहरुख खानकी छोरी सुहाना खानको द आर्चिज अहिले नेटफ्लिक्समा स्ट्रीम भइरहेछ । 

बलिउडका कयौं स्टारहरुले फिल्ममा नव कलाकारहरुको अभिनयको खुलेर तारिफ गरेका थिए । आम दर्शकहरुले पनि यसबारे आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

स्टार किड्जले भरिएको यो फिल्म आएपछि सुहाना खान ट्रोल हुने क्रम बढेको छ । एक युजरले लेखेका छन्, ‘धन्यवाद जोया अख्तर एकै साथ तीन जना नेपो किड्जलाई लञ्च गरेकोमा तिमीले हाम्रो समय बचाइदियौं ।’


अर्का एक जना युजरले चाँहि ट्विट गर्दै सुहानाको एक्टिङसम्बन्धी पढाईबारे नै प्रश्न गर्दै लखेका छन्, ‘सुहाना खानले न्यूयोर्क एक्टिङ स्कूलबाट के सिकेर आईन् ?’, अर्का एक जनाले टिकटकर वा रिल बनाउनेले पनि सुहाना खानभन्दा राम्रो लिप–सिंक गर्न सक्ने भन्दै उनलाई ट्रोल गरेका थिए ।

द आर्चिज केही अरु होइन, क्रीज फेष्ट हो, खुसी कपुर र सुहाना खानले अभिनय विल्कुल गर्न नसक्ने भन्दै अर्का एक युजरले ट्रोल गरेका थिए । अर्का एक जना युजरले भने सुहानाको अभिनय देखेर देशद्रोहीका स्टार केआरकेको याद आएको बताए । केआरकेको रेकर्ड कसैले तोड्न सक्छ भन्ने लागेको थिएन्, तर आफू गलत साबित भएको ती युजरले बताए ।

द आर्चिजमा सुहाना खान बाहेक श्रीदेवी र बोनी कपुरको छोरी खुसी कपुर, अमिताभ बच्चनको नाती अगस्त्य नन्दा पनि छन् । फिल्मको घोषणा भएयता नै फिल्मको ट्रोलिङ सुरु भएको थियो । अहिले फ्लिम नेटफ्लिक्समा रिलिज भइसकेको छ । तर फिल्म र फिल्मका कलाकारहरु ट्रोल हुने क्रम भने रोकिएला भन्दा झनझन बढिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार