Logout

चर्चामा

भारतबाट आएकाहरुलाई आईसोलेसनमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

1.5k Shares

काठमाडौं । भारतबाट आउनेहरुलाई आइसोलेसनमा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कार्यालयलाई निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयले सीमावर्ती क्षेत्रबाट प्रवेश गरेकाहरुलाई १० दिन अनिवार्य आइसोलेसनमा राख्न निर्देशन दिइएको छ।

भारतीय सीमा क्षेत्रमा कोरोना संक्रमण देखिएकाहरु सार्वजनिक बसमा यात्रा गरिरहेको पाइएकाले आइसोलेसनको व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयहरुलाई आइसोलेसनको व्यवस्था गर्न निर्देशन दिएको हो। आइसोलेसन सेन्टरमा राखे वापत प्रतिदिन प्रतिबिरामी दुई हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ।

यससँगै कोरोनाको लक्षण देखिएकाहरुलाई पनि अनिवार्य रुपमा १० दिन आइसोलेसनमा राख्न प्रदेश सरकारलाई पत्राचार गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार