Logout

चर्चामा

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी

460 Shares

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ। पछिल्लो २४ घण्टामा भारतमा ५६ हजार २११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड २१ लाख पुगेको छ। पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण २७१ जनाको ज्यान गएको छ।

अहिलेसम्म एक लाख ६२ हजार भारतीयको कोभिड–१९ का कारण ज्यान गएको छ। भारतमा हाल ६ करोड ११ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

हाल पाँच लाख ४० हजार भन्दा धेरैमा संक्रमण सक्रिय अवस्थामा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार