काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको नयाँ समिकरण बनेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि राष्ट्रपति को बन्लान् भन्ने चासो बढेको छ।
प्रधानमन्त्री पद माओवादीलाई दिएपछि एमालेले राष्ट्रपति लिने पक्का जस्तै छ। एमालेकी पूर्वउपाध्यक्ष रहेकी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छन्। यो उनको दोस्रो कार्यकाल हो।
भण्डारीको राष्ट्रपतिमा निरन्तरताको सम्भावना पनि रहन सक्छ । संविधानको धारा ६२ ले दुई कार्यकाल राष्ट्रपति भएको व्यक्ति फेरि राष्ट्रपति हुन नसक्ने व्यवस्था गरेको भएता पनि भण्डारी नेपालको संसदले बनाएको पहिलो राष्ट्रपति हो। किनकि पहिलो चोटी संबिधान नै सक्रमण अवस्था रहेको बेलामा २ वर्ष राष्ट्रपति बनेकी भण्डारी २०७४ सालमा प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रीय सभाबाट निर्वाचित भएको पहिलो नै हो ।


पहिला संबिधान को धारा २९७ बाट बनेकी भण्डारी २०७४ मा संबिधान को धारा ६२ बाट राष्ट्रपति बनेकी हुन् । धारा ६२ लाई टेकेर हेर्ने हो भने भण्डारीको १ कार्यकाल मात्र देखिन आउछ ।

विगतमा मधेशी समुदायबाट रामवरण यादव राष्ट्रपति भएका थिए भने महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भैसकेकी छिन्।
तर एमालेका एक नेताले भने राष्ट्रपतिबारे अहिले छलफल नभएको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अहिलेसम्म राष्ट्रपति को बन्छ भन्नेबारे मुख खोलेका छैनन्।
अहिले राष्ट्रपतिको चर्चा चुली रहदा ओली चुप बसेका छन् । यसले पनि के बुझ्न सकिन्छ भने फेरी पनि भण्डारी नै दोहोरिने निश्चित नै देखिन्छ ।