Logout

चर्चामा

अर्थमन्त्रीको निर्देशन : ६ वर्षदेखि हुन नसकेको लेखापरीक्षण तीन महिनाभित्र सक्नू

538 Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण गरिसक्न निर्देशन दिएका छन् । 

सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले ६ वर्षसम्म लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको भन्दै आजका मितिदेखि सुरु भएर २०८० साल वैशाख १६ सम्म लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखापरीक्षण हुन बाँकी छ । मन्त्री पौडेलले लेखापरीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराललगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार