Logout

चर्चामा

चितवन २ मा उपनिर्वाचन हुने

316 Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार, आयोगले संघीय संसद सचिवालयबाट औपचारिक पत्र नपाएसम्म सांसद पद रिक्त भएको जानकारी पाउँदैन । सर्वोच्च अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘संघीय संसद सचिवालयबाट सांसदको पद रिक्त भएको जानकारी आएपछि हामीले सरकारको परामर्शमा निर्णय गरेर निर्वाचन आयोगले नै उपनिर्वाचनको मिति तोक्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार