काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट आउनु भएको छ ।
एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलसँगै गृहमन्त्री लामिछाने मंगलवार साँझ ओली निवास बालकोट आउनु भएको हो ।
भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहरा पनि सहभागी हुनुहुन्थ्यो । सोमबार सरकार गठनपछि उनीहरुबीच मंगलवार साँझ छलफल भएको हो ।
भेटमा मन्त्रिपरिषद विस्तार, भागवण्डा, सरकारको कामकारबाही एवम् समयसामयिक विषयमा छलफल भएको बताइएको छ।भेटमा एमाले अध्यक्ष ओलीले जनताको चाहना राम्रो काम मात्रै होस भन्ने रहेकोले त्यसतर्फ बिशेष सतर्क रही कुसलतापुर्वक काम गर्न सुझाउनु भएको छ । यस्तै अध्यक्ष ओलीले मन्त्रिपरिषदमा प्रतिपक्ष भन्ने कुरा कताकता सुनेको भन्दै मन्त्रिपरिषदमा कुनै पनि मन्त्रीले प्रतिपक्षी जस्तो ब्यवहार गर्न नहुने र सवैको सामुहिक इफोटले उत्कृष्ट काम गर्नुपर्ने सुझाउनु भएको छ ।


