402
Shares
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने दाबी गरेका छन्।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
‘प्रचण्डले अहिले प्रधानमन्त्रीको इच्छा गरिराख्नु भएको छ। मलाई लाग्छ उहाँले ढिलो गर्नुभयो। लिनुपर्ने र गर्नुपर्ने काम समयमै गर्नुपर्छ। उहाँले ढिला गर्नुभयो।’
उनले पाकेको आँप उदाहरण दिँदै बेला नटिपे आफैँ झरेर जाने टिप्पणी समेत गर्न भ्याए।
‘अब उहाँ (प्रचण्ड) सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । उहाँले समयमा कदम चाल्नु भएन’ ओलीको भनाइ छ।