Logout

चर्चामा

राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन

458 Shares

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन दिएका छन्।

मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि ओलीले यस्तो निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिए।

'अध्यक्षज्यूले राष्ट्रिय पोशाकमा शपथ लिनका निम्ति निर्देशन दिनुभएको छ। शपथको भाषा भने मातृभाषा वा नेपाली भाषा भन्ने छ,' रायमाझीले भने।

संसद सचिवालयले सांसदहरूको शपथ बिहीबार गराउँदैछ। ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो चार बजे शपथ लिँदैछन्।

ज्येष्ठ सदस्यबाट शपथ गराउने प्रावधान अनुसार राणाले बिहीबार अन्य सांसदलाई शपथ गराउने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार