Logout

चर्चामा

१८ महिनापछि शीतल निवासमा ओली, प्रचण्ड र खनालको जम्काभेट,यस्तो भयो छलफल

591 Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच संवादको तस्बिर सार्वजनिक भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्री सँगै बसेका थिए । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी भएका थिए । सँगै तीनवटा कुर्सीमा बसेका ओली, दाहाल र खनालबीच कुराकानी भएको हो ।

 

ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । लामो समयपछि यी तीन नेताबीच छलफल भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार