Logout

चर्चामा

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद : देउवाले निधि छान्दा गोपालमान छुटे

402 Shares

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुङ्गो लगाएको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको सुझावअनुसार सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फका ३२ जनाको नाम टुंगो लगाउनु भएको हो ।

नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ सीट जितेको छ भने समानुपातिकतर्फ ३२ सिट पाएको छ । समानुपातिकतर्फ यसपटक कांग्रेसका तीन जना पुरुष उम्मेदवार मात्रै परेका छन ।

बिमलेन्द्र निधि, प्रकाशशरण महत र जीवन परियार पुरुषबाट छनोट हुँदा २९ जना महिला परेका छन । समानुपातिकमा प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा राणा र गृहमन्त्रीपत्नी मञ्जु खाणसहित रहनुभएको छ ।


यस्तो छ, सूची

आदिवासी जनजातितर्फ

१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन

खस आर्यतर्फ

९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की

मधेसी तर्फ

१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण

दलित तर्फ

२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक

थारु तर्फ

२७ कल्पना चौधरी
२८ विना कुमारी थनेत

मुस्लिम तर्फबाट

२९ जावेदा खातुन् जागा

तीनजना पुरुष

३० जीवन परियार
३१ विमलेन्द्र निधि
३२ प्रकाशशरण महत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार