Logout

चर्चामा

दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले घटाए मतान्तर

1.1k Shares

काठमाडौं । दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ ११८२९ मतगणना हुँदा  गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की अग्रता कायमै छ । कार्कीले ५ हजार ६३४ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले ४ हजार ७८७ मत ल्याएका छन् ।

शिवाकोटीले अहिले मतान्तर घटाउँदै लगेका छन् । यसअघि कार्कीले ५ हजार ४३४ मत ल्याउँदा  शिवाकोटीले ३ हजार ८८९ मत प्राप्त गरी १ हजार ५४५ मतान्तर रहेको थियो । अहिले कार्की र शिवाकोटीले प्राप्त गरेको मतान्तर ८४७ मात्रै रहेको छ भने ४४९ मत बदर भएको छ ।

त्यस्तै प्रदेशसभा १ मा ९ हजार ३४६ मतगणना गर्दा कांग्रेसका कुन्दन काफ्लेको अग्रता कायमै रहेको छ । काफ्लेले ५ हजार ५ मत प्राप्त गर्दा एमालेका नरबहादुर श्रेष्ठले ३ हजार ३६० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा २८० मत बदर भएको छ ।

यता प्रदेशसभा २ मा कांग्रेसका बर्मा लामाले अग्रता कायमै राखेका छन्  । लामाले ५ हजार ३६३ मत प्राप्त गर्दा एमालेका भरत केसीले ५ हजार १७५ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३५४ मत बदर भएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार