Logout

चर्चामा

अब मधेशको सबैभन्दा ठुलो दल नेकपा एमाले

1.7k Shares

जनकपुरधाम । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभामा मधेशमा सबै भन्दा ठुलो दलको रूपमा एमाले स्थापित भएको छ । 

मधेस प्रदेशमा रहेको प्रत्यक्ष तर्फको ३२ वटा प्रतिनिधि सभा सदस्य मध्ये नेकपा एमालेले नेपाली काँग्रेस भन्दा २ सिट बढी जितेको छ । मधेस प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नंं ३ बाट जुली कुमारी महतो र ४ बाट एमालेका सचिव रघुवीर महासेठ निर्वाचित हुनु भएको छ । जुली र महतो  श्रीमान् श्रीमती हुन् । 

यसै गरी महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नंं १ मा लक्ष्मी महतो निर्वाचित हुनु भएको भने सिराहा जिल्लाको निर्वाचन क्षेत्र नंं २ मा लिलानाथ श्रेष्ठ निर्वाचित हुनु भएको छ । यसै गरी सर्लाही जिल्लाको निर्वाचन क्षेत्र ३ वाट हरिप्रसाद उप्रेती निर्वाचित हुनु भएको छ । यसै गरी मधेस प्रदेशको बारा जिल्लामा पनि नेकपा एमालेले दुई वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ ।

बारा जिल्लाको निर्वाचन क्षेत्र १ बाट एमालेका अच्युत प्रसाद मैनाली र क्षेत्र नंं ३ वाट ज्वाला कुमारी साह निर्वाचित हुनु भएको छ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नंं ३ बाट राज कुमार गुप्ता निर्वाचित हुनु भएको छ ।

प्रदेश सभा तर्फ निर्वाचित हुने कूल ६४ प्रदेश सभा सदस्य मध्ये नेकपा एमालेले १५ वटा क्षेत्रमा निर्वाचित भएर ठुलो दलको हैसियतमा प्रदेश सभामा पनि स्थापित भएको छ । मधेस प्रदेशको राजधानी भएको धनुषा जिल्लाका ४ वटा प्रदेश सभा सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएको छ । धनुषाको निर्वाचन क्षेत्र नंं २ ( २ ) मा लखन दास तत्मा, निर्वाचन क्षेत्र नंं १ ( २ ) मा रामचन्द्र मण्डल, निर्वाचन क्षेत्र ४ ( २ ) हरिनारायण महतो र ३ ( २ ) दिपेन्द्र ठाकुर निर्वाचित हुनु भएको छ ।

यसै गरी सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नंं २ ( १ ) मा राज कुमार लेखी, सिराहाको क्षेत्र २ ( २ ) मा शत्रुधन प्रसाद सिंह, क्षेत्र नंं ३ ( १ ) मनोज कुमार सिंह र  क्षेत्र नंं १ ( १ ) राजेन्द्र प्रसाद चौधरी निर्वाचित हुनु भएको छ । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नंं १ ( १ ) मा शारदा देवी थापा र ४ ( १ ) सरोज कुमार यादव निर्वाचित हुनु भएको छ । रौतहट जिल्लाको निर्वाचन क्षे नंं २ ( १ ) मा मोहम्मद जैद आलम निर्वाचित हुनु भएको छ ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नंं १ ( १ ) त्रिलोकी प्रसाद, बारा निर्वाचन क्षेत्र नंं ३ ( १ ) मा रविन्द्र दास श्रेष्ठ, ३ ( २ ) मा मोहम्मद समीर र बारा निर्वाचन क्षेत्र नंं ४ ( १ ) मा देवनारायण थारु निर्वाचित भएर मधेस प्रदेशमा ठुलो दलको रूपमा नेकपा एमाले स्थापित भएको छ ।

मधेसमा समानुपातिक मततर्फ भने नेपाली काँग्रेसले सबैभन्दा बढी मत ल्याएको छ । यहाँ नेपाली काँग्रेसले ३ लाख ७५ हजार ९२ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ३ लाख ३८ हजार ५ सय ८ मत प्राप्त गरेको छ । यसै गरी समानुपातिक तर्फ जनमत पार्टीले २ लाख ८९ हजार ३७ हजार मत प्राप्त गरेर तेश्रो ठुलो दल भएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार