Logout

चर्चामा

लोसपाका उम्मेदवार प्रकाश नायजुको सहयोगनै "सिंहको जित मिश्रको हार"

709 Shares

काठमाडौँ । मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रकाश नायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर सोही क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका थिए ।

सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई नेपाली कांग्रेसका उम्मेदवार प्रकाश मान सिंहले झिनो मतले पराजित गरेका छन् । सिंहको ७१४३ र मिश्रको ७०१८ मत आउदा १२५ को मत अन्तरले सिंहले काठमाडौँ क्षेत्र नम्बर १ मा बाजी मार्न सफल भए ।

काठमाडौँ १ मा सिंहलाई बाजी मार्नको लागी लोसपका उम्मेदवार प्रकाश नायजुको ठुलो हात रहेको मान्न सकिन्छ  । उनले चुनावको एक हप्ता अगाडी  सिंहलाई सहयोग गर्ने घोषणा गरेका थिए । नायजुको उक्त सहयोगले नै मिश्रको हार भएको बुझिन्छ। 

खबरवाणी डट कमले उक्त क्षेत्रका मतदाता संग कुरा गर्दा नायजुको सहयोगले प्रकाशमान सिंहले जित्नुभएको हो । यदि प्रकाश नायजुले  सहयोग नगरेको भए  प्रकाशमानले हार्ने पक्का जस्तै थियो एक मतदाताले बताए । 

(सहमति पत्रमा यस्तो थियो )

viber_image_2022-11-07_19-31-19-164.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार