Logout

चर्चामा

पाँच दलिए गठबन्धनका उम्मेदवार गच्छदारलाई धुलो चटाउदै भगवती चौधरी चार हजार मतले आगाडी

719 Shares

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजय गच्छदार भगवती चौधरी भन्दा ४ हजार मतले पछि परेका छन्। 

उक्त क्षेत्रबाट लगातार जितिरहेका गच्छदारलाई चौधरीले पहिलोपटक हराउने संकेत देखिएको छ। यसअघि पनि उनीहरुबीच प्रतिष्पर्धा भएको थियो तर सबैपल्ट गच्छदारले बाजी मारेका थिए। एमालेकी उम्मेदवार चौधरीले २९ हजार १ सय ६४ मत पाएकी छिन्।
  
गच्छदार २४ हजार ७ सय ९२ मतसहित पछ्याइरहेका छन्। सुरुवातमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल बाबु मैनालीले भने ६ हजार २० मत मात्रै पाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार