319
Shares
काठमाडौं । नेपाल मजदुर किसान पार्टीको गढ रहेको भक्तपुर क्षेत्र नम्बर १ को सुरुवाती मतगणनामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एमालेले अग्रता लिएको छ ।
एमालेले ८२० मत पाएको छ भने दोस्रो स्थानमा राप्रपाले ७७६ मत पाएको छ ।
तेस्रो स्थानमा रहेको नेमकिपाले ६८२ मत पाएको छ । चौथो स्थानमा रहेको सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवारले ५०५ मत पाएका छन् ।