Logout

चर्चामा

मकवानपुरको बकैया गाउँपलिका वडा नं.१ बाट लोसपाको पहिलो चुनावी अभियान सुरु

590 Shares

मकवानपुर । आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर क्षेत्र न १ प्रतिनिधि सभा सदस्य  रुपक लामाले चुनावी अभियान सुरु गरेका छन् ।

प्रमुख अतिथि बागमती प्रदेश महासचिव मोलम लामा, विशेष अतिथि, गैरभौगोलिक प्रदेश महासचिव खड्गबहादुर श्रेष्ठको उपस्थितिमा चुनावी अभियान सुरु गरिएको हो । सोहि कार्यक्रम मा क्षेत्र बहादुर मोक्तानको अध्यक्षतामा बकैया गाउँपालिका वडा न, १ को कमिटि पनि  पुनर्गठन गरिएको थियो ।

कार्यक्रममा बोल्दै उम्मेदवार लामाले जनताको उत्साहजनक सहभागिताले मैले चुनाव जित्ने बताउनु भयो । सोहि कार्यक्रममा प्रमुख अतिथि मोलम लामाले यो चुनावामा लोसपा नेपालको संसदमा उपस्थिति राम्रो हुन्छ र मदेश,पहाड,हिमालका सबै जनतालाई समान व्यवहारको कुरा संसदमा उठाउने र मकवानपुरका जनताको सुखदुखमा सधै साथ दिने बताउनु भयो ।

उक्त कार्यक्रम बागमती प्रदेश उपाध्यक्ष विजय तामाङले सञ्चालन गर्नु भएको थिए ।

 

viber_image_2022-11-09_21-53-46-326.jpg

viber_image_2022-11-09_21-53-46-423.jpg

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार