Logout

चर्चामा

एमालेको घोषणा पत्रलाई अन्तिम रुप दिन बालकोटमा शिर्ष नेताहरुबीच छलफल

1.5k Shares

 काठमाडाैं । नेकपा एमालेको घोषणा पत्रलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओलीसहितका नेता छलफलमा जुटेका छन् । अध्यक्ष ओली निवास बालकोटमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहितका नेताहरु छलफलमा जुटेका हुन् । बिहानै देखि छलफलमा जुटेका नेताहरुले घोषणा पत्रमा उल्लेख गर्ने विषयवस्तुहरुलाई अन्तिम रुप दिइरहेको एक नेताले जानकारी दिए ।

शनिबार ललितपुरको लाँकुरी भञ्ज्याङमा रहेको एक होटलमा नै छलफल गरेर घोषणा पत्र टुंग्याउने भनिए पनि नसकिएकोले आज बिहानै देखि नेताहरु छलफलमा जुटेका हुन् । आज साँझसम्ममा घोषणा पत्रलाई अन्तिम रुप दिएर भोली वा पर्सी सम्ममा सार्वजनिक गरिने तयारी रहेकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार