Logout

चर्चामा

नेकपा एस सर्लाहीको कमिटी एमालेमा समाहित, अध्यक्षबाहेक सबै पदाधिकारी फर्किए

2.7k Shares

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा पदाधिकारी र जिल्लाका प्रभावशाली नेतासहितका कार्यकर्ता एमालेमा फर्किएका छन् ।

नेकपा एसका सर्लाही उपाध्यक्ष यादव, सचिव गोविन्द अधिकारी, सहसचिव चुडामणी वाग्लेलगायतका जिल्ला कमिटीका २५ जना एमालेमा आएका हुन् ।

सर्लाहीको मलंगवास्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूले एमालेमा फर्केको घोषणा गरेका छन् । उनीहूलाई पूर्वसांसद हरि उप्रेतीले स्वागत गरेका थिए । उप्रेतीकै पहलमा उनीहरू एमालेमा फर्केको बताइएको छ । जिल्ला कमिटीका २५ जनासँगै करिब ५ सय कार्यकर्ता प्रवेश गरेको नेकपा एमालेले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार