Logout

चर्चामा

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी

560 Shares

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष नेतको बैठक बसेको हो ।

तालमेलको मोडालिटी तय गर्न बनेको कार्यदलको बैठकअघि शीर्ष तहको छलफल हुन लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा भइरहेको बैठकमा पूर्वपदाधिकारी समेत सहभागी छन् ।

कार्यदलको बैठक बस्नुअघि पार्टीको धारणा तय गर्न शीर्ष तहका नेताको बैठक बसिरहेको छ । कार्यदलको बैठक दिउँसो तीन बजे बस्ने भएको छ ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार