Logout

चर्चामा

पाँच दलीय सत्तारुढ गठबन्धन लुटका लागि बनेको हो : अध्यक्ष ओली

1.5k Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्तारुढ गठबन्धन लुटका लागि बनेको बताउनु भएको छ ।

परराष्ट्र मामिलामा क्रियाशील पत्रकारहरुसँग आज आयोजित अन्तरक्रियाका क्रममा उहाँले यस्तो बताउनु भएको हो । ‌अध्यक्ष ओलीले आफूहरुको सरोकार लोकतन्त्रको रक्षा र सही प्रयोग भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो सरोकार लोकतन्त्रको रक्षा र सही प्रयोग हो।

भ्रष्टाचारको सन्दर्भमा यो गठबन्धन सरकारबारे केही भनिरहनु नै परेन । यहाँहरूले नै लेखेर थुप्रै कुरा बाहिर आइसकेका छन्। भ्रष्टाचारको सवालमा त यो सरकारले सबै रेकर्ड तोडिसक्यो।’

ओलीले पाँच दल मिल्नुलाई कृत्रिम गठबन्धन भन्दै यसको कुनै उद्धेश्य नभएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘लुटका लागि बनेको गठबन्धन । यो सरकारको कुनै उद्धेश्य छैन। लुट मच्चाउन जुटेका छन्।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार