Logout

चर्चामा

२३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

643 Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो पुनः अवरुद्ध भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति साढे दुई बजेतिर पहिरो खसेको हो । पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा समेत सामान्य क्षति पुगेको छ ।

मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलेका थिए । चाँडै बाटो खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ । बाटोमा सोमबार रातिदेखि कै गाडीहरू अलपत्र छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार