Logout

चर्चामा

साफ यू-२० : नेपाल भारतसँग ८-० गोलले पराजित

555 Shares

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको छ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको हो।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे भने टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरेका छन्।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार