Logout

चर्चामा

सांसदलाई मास्क लगाउन सभामुखको निर्देशन

464 Shares

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् ।

मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् । 'कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदिदै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु र मास्क प्रयोग गर्न हुन आग्रह गर्दछु,' सापकोटाले भने ।

पछिल्लो समयमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्रै ५ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन भने एक जनाको मृत्यु भएको थियो । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । 

सोमबार काठमाडौं जिल्लामा मात्र २ सय ४२ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७६ पुगेको छ । त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका छन् । भक्तपुरमा सक्रिय संक्रमितको संख्या १ सय २ र ललितपुरमा ३ सय ४१ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार