1.8k
Shares
जाजरकोट । जाजरकोटमा एक वडाध्यक्षमाथि खुकुरी प्रहार भएको छ ।
जिल्लाको बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारामाथि सोमबार खुकुरी प्रहार भएको हो । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष महतारामाथि कांग्रेसका स्थानीय नेताले आक्रमण गरेका हुन् ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घटनामा संग्लन आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते वडाध्यक्षलाई उपचारका लागि सदरमुकाम खलंगा लगिएको छ ।