Logout

चर्चामा

कसलाई रिझाउन विवाह गरेर आउने बित्तिकै नागरिकता दिँदैछौँ : गंगा चौधरी

1.7k Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य गंगा चौधरीले सबैभन्दा ठुलो भक्ति देश भक्ति भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा नागरिकता ऐन संशोधन विधेयक माथिको छलफलमा बोल्दै चौधरीले विवाह गरेर आउने बित्तिकै नागरिकता दिने विषय देशको हित विपरीत भएको बताउनुभयो ।

‘कसलाई रिझाउनको निम्ति, कसलाई खुसी पार्नको लागि, कसको कुर्सीको निम्ति हामीले यो सब कार्य गर्दै छौँ’, चौधरीले प्रश्न गर्नुभयो ।

उहाँले १० वर्षे सशस्त्र संघर्ष र जनआन्दोलन विदेशीलाई नागरिकता दिनको लागि हो ? भन्दै प्रश्न गर्नुभयो । ऐन ल्याउनु अघि सत्तारुढ दलका नेताहरु जदौ गर्दै भारत पुगेको भन्दै उहाँले आलोचना गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार