काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बालकोटबाट विद्युतीय (माइक्रो बस) चढेर च्यासलस्थित पार्टी कार्यालयमा पुग्नुभएको छ ।
आज दिउँसो अध्यक्ष ओली आफ्नो गाडीमा नभई माइक्रोबसमा पार्टी कार्यालय पुग्नुभएको थियो । अध्यक्ष ओली माइक्रो बसबाट ओर्लिंदा पार्टी कार्यालयमा रहेका नेता–कार्यकर्ता र कर्मचारी आश्चर्य चकित बनेका छन ।
सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लाग्नुभएका अध्यक्ष ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबसमा चढ्नु भयो ।





माइक्रोबसबाटै पार्टी कार्यालय जाने भनेर अध्यक्ष ओली चढ्नुभएपछि युवा संघ अध्यक्ष किरण पौडेल, नेता क्षितिज थेबेलगायत सबैजना माइक्रोमा नै चढ्नु भयो। काठमाडौं–सिन्धुली रुटमा चल्ने माइक्रोबस आयोजकले रिजर्भ गरेर बालकोट लगेका थिए । सोही माइक्रोबस चढेर पार्टी कार्यालय जानुभएको हो ।