Logout

चर्चामा

सरकारलाई योगेशको प्रश्न : सिटमोलमा पनि कहिलेसम्म परनिर्भर हुने ?

1.4k Shares

काठमाडौं । एमालेको स्वास्थ्य तथा जनसंख्या बिभागले सरकारलाई सिटामोलजस्ता अत्यावश्कीय औषधिमा कहिलेसम्म परनिर्भर रहनुपर्ने भनेर प्रश्न गरेको छ ।

शुक्रबार विभागले एक पत्रकार सम्मेलन मार्फतस्वास्थ्यमा गरेका २६ बुँदा उल्लेख गर्दै सरकारका पछिल्लो गतिविधिलाई भ्रष्टाचार उन्मुख भएको आरोप लगाएको छ । स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले सेनिटरी प्याडका सन्दर्भमा सरकारले लिएको नितिले स्वेदेशी उद्योगलाई धरासायी बनाउँदै राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

त्यसैगरी, ट्रमा उपचारलाई थप विस्तार गरी ट्रमा सेवाको पहुँजलाई देशव्यापी बजाउन हरेक प्रदेशमा विशिष्टीकृत ट्रमा सेन्टर र सबै तहमा स्वास्थ्य संस्थामा ट्रमा उपचार सेवा पुर्याउने एमाले ल्याएकोे कार्यक्रम यस सरकारले रोकेको जनाएका छन् ।

सरकारले स्वास्थ्य बीमालाई निजी कम्पनीमार्फत सञ्चालन र व्यवस्थापन गर्ने नीति सारेको उल्लेख गर्दै सरकार स्वास्थ्य बीमालाई निजीकरण गर्न उद्धत भएको विज्ञप्तिमा जनाइएको छ । ३९६ वटा आधारभूत अस्पतालको निमार्ण लागि अघिल्लो सरकारले गरेको बजेटको सुनिश्चिता यस सरकारले अधिकांस बजेट कटौती गरेकाले नागरिकको मौलिक हकको कार्यान्यवन कसरी हुन्छ भनेर प्रश्न गरेका छन् ।

‘स्वास्थ्य क्षेत्रमा जम्मा बजेटको ७१ प्रतिशत चालु र २९ प्रतिशत पुँजीगतमा छुट्टाइएको छ । यसले प्रत्येक वडामा आधारभूत स्वास्थ्य संस्था पुर्याउने प्रतिबद्धता पुरा हुन्छ त?,’ भट्टराईले प्रश्न गरेका छन्, ‘३९६ वटा आधारभूत अस्पताल निमार्ण लागि पूर्ववती सरकारले ५७ अर्ब बजेटको सुनिश्चिता गरेको थियो । यो सरकारले त्यसको बजेट कटौती गरेको छ ।

आधारभूत अस्पताल सेवाको प्रवन्धबिना मौलिक हकको कार्यान्यन कसरी हुन्छ ?।’ चिकित्सा शिक्षाका विविध विषयको लाइसेन्स परीक्षामा ३० प्रतिशत हाराहारीमा मात्रै उत्तीर्ण भएको उल्लेख गर्दै गुणस्तरीय चिकित्सा शिक्षामा प्रश्न उठेको भट्टराईले जनाएका छन् । राष्ट्रिय चिन्ताको विषयमा सरकारको कुनै प्रभावकारी योजना ल्याउन नसककेको आरोप समेत लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार