903
Shares
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्तमा समयानुकूल चेत नदेखिएको बताएका छन् । बुधबार भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजित पार्टी कार्यालयमा बोल्दै उनले भानुभक्त आफुलाई परेको समस्यामा मात्रै केन्द्रीत भएर कलम चलाउने गरेको बताए ।
१८७१ जन्मिए, १९२५ मा निधन भयो । थुप्रै कुरा थुप्रै भैसकेको थियो, त्यसबेला वाङ्गावीरहरु काटिइसकेका थिए । त्यसबेला अनेक विद्रोहका घटना घटिसकेका थिए, त्यसमा भानुभक्त बेखबर भन्न त सकिँदैन तर भानुभक्तको कलम चल्दैन’, उनले भने ‘उहाँमा केही पक्षमा समयानुकूल चेत देखिँदैन ।’
उनले सर्वसाधारणमा देखिने चेत गाइनेको सारङ्गीमा देखिएको भन्दै गाइने सचेत थिए की भानुभक्त गम्भीर प्रश्न उठेको बताए । एक घण्टा बढी बोलेका ओलीले अधिकांश समय भानुभक्तको आलोचना गरे पनि अन्तिममा उनको योगदानको प्रशंसा गरेका थिए ।