Logout

चर्चामा

बुढिगंगामा एमालेको अग्रता कायमै

1.1k Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको ८ सय मतगणना हुँदा नेकपा (एमाले)कै अग्रता कायम भएको छ ।

निर्वाचन कार्यालयका अनुसार अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ ।

८०० मतमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ । कांग्रेस ३५३ मतका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै उपमेयरमा एमालेले ४०२ मत ल्याएको छ भने कांग्रेसले ३५७ मत पाएको छ ।

यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार