Logout

चर्चामा

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : केही गर्नै नसक्ने स्थितिमा पुग्नुभएको हो ?

821 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले संसदीय छानबिन माग गरेका हुन् । ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ उनले भने । अध्यक्ष ओलीले प्रधानमन्त्री ओली मन्त्रीमाथि केही गर्न नसक्ने अवस्थामा पुगेको हो भनी प्रश्न गरे । ‘प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो जे भए पनि ?’ उनले प्रश्न गरे, ‘कि गठबन्धन जोगाएपछि पुग्छ, देश बर्बाद होस् जहाँ सुकै पुगोस् ।’

उनले एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बसेको भन्दै आलोचना गरे । अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज समेत सार्वजनिक नगरेको भन्दै ओलीले आपत्ति जनाए ।

‘फुटेज डिलिट गर्न पाइन्छ ?’उनले प्रश्न गरे, ‘कर्तव्य हुन्छ, आफ्नो स्वच्छता प्रमाणित गर्ने, आउनुस् फुटेज हेरौं, आउनुस् छानबिन गरौं मन्त्रीले यो भन्न सक्नुपथ्र्यो, तर किन माग्दैमा दिने भनेर ललकार्ने ?’ बजेटमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा एमालेले प्रश्न उठाउँदा अर्थमन्त्रीले धम्कीको भाषा बोलेको भन्दै ओलीले आपत्ति जनाए ।

‘एमाले को हो ?, हामीले गरेको स्वेच्छाचारिताविरुद्ध प्रश्न गर्ने को हो भनेर ललकार्ने ? ओलीले प्रश्न गरे । पूर्वप्रधानमन्त्री ओलीले एमालेले आरोप अन्धाधुन्ध आरोप नलगाएको भन्दै छानकिन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आग्रह गरे । ‘यो त विश्वमै नभएको, बाहिरिया मान्छे राखेर बजेट बनाउने कुरा कल्पनै गर्न सकिदैन, यस्तो हुँदा पनि …राज्य एउटा थितिमा चल्नुपर्दैन ?’ ओलीले प्रश्न गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार