Logout

चर्चामा

मूल्यवृद्धि, मल र पुस्तक अभावविरुद्ध सबै जनसंगठनलाई आन्दोलनमा उतार्ने एमालेको निर्णय

657 Shares

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने निर्णय गरेको छ ।
नेकपा एमालेले जनसंगठन समन्व्य संयन्त्रमार्फत सडक आन्दोलना जाने निर्णय गरेको हो ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संयन्त्रको बैठकले जनताको दैनिक समस्या विकरल बन्दै गएका भन्दै  सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो । 
एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारण बाँच्नसमेत नसक्ने अवस्था आएकाले आन्दोलनमा जानुको विकल्प नरहेको एमालेको ठहर छ ।

एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय गरेको हो । 

मूल्य वृद्धि बिरुद्ध सडक आन्दोलनमा गइसकेको अनेरास्ववियु लगायतका जनसंगठनले आन्दोलन जारी राख्ने र अन्य जनसंगठन पनि आन्दोलनमा समाहित भएर प्रभावकारी बनाउँदै जाने निर्णय एमालेले गरेको हो । बैठकमा एमाले उपमहासचिव तथा पार्टी स्कूल बिभाग प्रमुख प्रदीप ज्ञवालीसमेत सहभागी हुनुहुन्थ्यो । बैठकले आन्दोलनमा जाँदा सडक र सदन दुवैलाई जोडने निर्णय पनि गरेको छ ।
संयन्त्रका सहसंयोजक रचना खडकाका अनुसार बैठकले २२ वटै जनसंगठनको तर्फबाट सरकारबाट भइरहेको जनतामारा नीतिको बिरोधमा संयुक्त बिज्ञप्ती निकाल्ने र लगत्तै सडक आन्दोलन तताउने निर्णय गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार