Logout

चर्चामा

एमालेका जनप्रतिनिधिको सङ्कल्प- ‘भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ नियन्त्रण गर्नेछौं’

743 Shares

काठमाडौँ । नेकपा (एमाले)बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफू भ्रष्टाचार नगर्ने र यसलाई कडाइका साथ नियन्त्रण गर्ने सङ्कल्प गरेका छन्।

दुई दिन काठमाडौंमा भेला भएका देशभरका एमालेका जनप्रतिनिधिले २० बुँदे काठमाडौं सङ्कल्प जारी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरूले जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए।

शुक्रबार उनीहरूले काठमाडौं सङ्कल्प जारी गर्दै भनेका छन्, “हामी शासक होइन, जनताका सेवक हुनेछौं।”

त्यस्तै, एमालेको नेतृत्व रहेका स्थानीय तहमा सुशासनको नमूना बन्ने सङ्कल्प गरेका छन्। “हामी सदाचारमा नमूना बन्नेछौं,” एमालेका जनप्रतिनिधिले भनेका छन्, “आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौं।”

उनीहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन भूमिका निर्वाह गर्ने सङ्कल्प पनि गरेका छन्।

287452604_570964171059478_667564742518669390_n.jpg

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार