621
Shares
काठमाडौं । सडक माथिबाट पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राति ठूलो पानि परेसँगै पहिरो खसेको बताइएको छ । आज बिहानैदेखि पहिरो हटाउन सुरू गरिएको छ । पहिरोकै कारण इच्छाकामनाकै नाग्दिखोलामा पनि मुग्लिन–नौबिसे सडकसमेत अवरुद्ध भएको छ ।