Logout

चर्चामा

काठमाडौँको मतगणना अन्तिम चरणमाः कसको मत कति ?

932 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको जारी मतगणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ६० हजार नाघेको छ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार शाहले ६० हजार मत कटाएका छन् भने उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन्।

बालेन र सुनितको जित भने सुनिश्चित बुधबार भइसकेको छ। गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतले अग्रता कायम गरी यी दुवै उम्मेदवारले आफ्नो जित पक्का गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार