Logout

चर्चामा

अमेरिकी उपमन्त्रीले नेपाली भूमिमा तिब्बती शरणार्थीहरुलाई उक्साउने काम गरिन् : ओली

819 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाले नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरुलाई उक्साउने काम गरेको आरोप लगाएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जियाको भ्रमणको क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने काम भएको बताए ।

'अमेरिकी उपसहायक विदेशमन्त्रीको नेपाल भ्रमणमा नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यताहरु छन् त्यसलाई खण्डित गर्ने प्रकारको व्यवहार भयो,' अध्यक्ष ओलीलाई उद्धृत गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, 'नेपालले जहिलो पनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छ, हामी अहस्तक्षेप र कुनै पनि देशको मामिलामा जहिले पनि असंलग्न रहँदै आएको स्थितिमा तिब्बती शरणार्थीको क्याम्पमा पुगेर जुन प्रकारले उक्साउने काम भयो र नेपाली भूमिलाई प्रयोग गर्ने त्यो वास्तवमा बेठीक थियो भन्ने विषय पनि हाम्रो पार्टीको अध्यक्षले सविस्तार चर्चा गर्नु भएको थियो ।'

बैठकमा अध्यक्ष ओलीले सधैंभर नेपालको परराष्ट्र नीति असंलग्न रहँदै आएको पनि स्मरण गराएका थिए । उपमन्त्री जियाले गत साता तीनदिने नेपाल भ्रमण गरेकी थिइन् । भ्रमणको क्रममा उनले ललितपुरको जालवालेखमा रहेको तिब्बती शरणार्थी शिविरको पनि भ्रमण गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार