Logout

चर्चामा

झापाको गौरादह नगरपालिकामा एमाले विजयी

867 Shares

बिर्तामोड । झापाको गौरादह नगरपालिकाको मयेर र उपमेयर पदमा एमालेका एम्मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयरमा छत्रपति सुवेदी र उपमेयरमा जलवर्षा राजवंशी निर्वाचित भएका छन् ।

आइतबार राति सार्वजनिक अन्तिम मत परिणाममा एमालेका सुवेदीले निकटतम प्रतिद्वन्द्वी गठबन्धनअन्तर्गत कांग्रेसका रोहितकुमार शाहलाई १ हजार ३ सय ६५ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचित सुवेदीले १२ हजार ८ सय ४९ मत पाए भने पराजित शाहले ११ हजार ४ सय ८४ मत पाएका छन् । मेयरमा निर्वाचित सुवेदी अघिल्लो स्थानीय तह निर्वाचनमा गौरादह ५ का वडाध्यक्ष थिए । कांग्रेसका शाह भने निवर्तमान मेयर हुन् ।

उपमेयरमा एमालेकी राजवंशीले गठबन्धनअन्तर्गत माओवादी केन्द्रका पुष्पलाल ढकाललाई १ हजार ४ सय ७६ मतान्तरले पराजित गरिन् । निर्वाचित राजवंशीले ११ हजार ९ सय १४ मत पाएकी छिन भने पराजित ढकालले १० हजार ४ सय ३८ मत मात्र पाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार