Logout

चर्चामा

यस्तो छ भरतपुरको पछिल्लो अपडेट

1.9k Shares

काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छिन् ।

दाहालले आफ्नो प्रतिस्पर्धीसँग ३ हजार २ सय ५८ मतले अग्रता लिएकी छिन् । ४२ हजार ७५० गणना हुँदा दाहालले १६ हजार २३५ मत प्रात गरेकी छिन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ९७७ मत प्राप्त गरेर रेणुलाई पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् । महानगरको उपप्रमुखमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १८ हजार ७७६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्रिक पार्टीकि हिमला गुरुङले १० हजार ४१९ मत प्राप्त गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार