काठमाण्डौ - अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गर्नेमा एनएमबी पहिलो बैंक भएको छ । यस प्रावधान अनुसार अब एकै पटक वा पटक(पटक गरी वार्षिक यूएस डलर ५०० सम्म वा त्यस बराबर अन्य परिपत्र विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोबार गर्न सकिने भएको छ।
अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवाहरु (भारतमा बाहेक) जस्तै नेटफ्लिक्स, सपिङ्ग, शिक्षालगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैँले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकको देशभरिका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरिका १३६ एटीएमहरु, एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।