757
Shares
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलाल निर्वाचित भएका हुन् । लामाले ८५१ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र राईलाई पराजित गरे ।
उनले ८ हजार ८६३ मत ल्याउँदा राईले ८ हजार १२ मत पाए । नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार नरेन्द्रकुमार राउतले ४ हजार ३७५ मत ल्याए ।
यसैगरी उपमेयरमा निर्वाचित दुलालले ९ हजार ५६६ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीताकुमारी चौधरीले ७ हजार ७६० मत ल्याइन् ।
नेकपा माओवादी केन्द्रकी उपमेयर उम्मेदवार हीरा थापा तिमिल्सिनाले ३ हजार ५११ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा कांग्रेसका राई मेयरमा र चौधरी उपमेयरमा निर्वाचित भएका थिए ।