Logout

चर्चामा

भरतपुरमा एमालेमै अन्तर्घात भएको हो ?

1.8k Shares

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

यसैबीच विभिन्न वडाहरु जहाँ गत स्थानीय निर्वाचनमा एमालेले जितेका वडाहरुमा मेयरमा एमालेलाई मत नआएको तर अन्यमा मत आएको बताइएको छ ।

परिणामस्वरुप एमालेका विजय सुवेदीको मत कम भएको आंकलन गरिएको छ ।

गठबन्धनभित्रको असन्तुष्टी र कांग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारीबाट लाभ लिने एमालेको आँकलन फेल खाएको छ । बरु एमालेले आफ्नै मत जोगाउन नसकेको प्रारम्भिक मतपरिणामबाट पुष्टी हुन्छ । स्वतन्त्र उम्मेदवार पौडेलले कांग्रेसको मत काटेपनि अधिकांश वडामा रेणुले नै एमालेको मत तानेको देखिन्छ ।

जारी मतगणनाको प्रारम्भिक रुझान एमालेले अपेक्षा गरे अनुरूप छैन । चितवनका एमालेकै नेताहरुले पार्टी भित्रै अन्तरघात भएको टिप्पणी गरिरहेका छन् । वडाहरुमा मेयरमा हसियाँहथौडा र अन्यमा सूर्यमा भोट परेको भन्दै अन्तर्घातको विषयले प्रवेश पाएको हो ।

विगतमा एमालेले अग्रता लिएको वडा नम्बर १ देखि ५ सम्ममा अहिले एमालेको मत घटेको छ ।

विगतमा एमालेले जितेको वडा नम्बर ३ मा वडा अध्यक्षमा एमालेले १ हजार ६ सय ६६ मत पाएको छ । जबकी सो वडाबाट मेयरमा एमालेले १ हजार २९ मत मात्रै प्राप्त ग¥यो । वडा अध्यक्षले भन्दा मेयरमा ६ सय २९ मत कम पाएपनि एमालेले वडा नम्बर ३ मा ५३ मतले अग्रता लिएको छ ।

यसैगरी अन्य वडाको अवस्था पनि त्यस्तै रहेको एमालेकै नेताहरुले बताएका छन् । गणना जारी रहेको वडा नम्बर ६ मा रेणुले अग्रता बढाउने क्रम बढ्दो छ । अघिल्लो निर्वाचनमै सो वडामा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो नम्बरमा रहेका थिए ।

एमालेले बढी मतको अपेक्षा गरेका वडा नम्बर १०, ११ , १२ , २२, २३ र २४ हुन् । एमाले बलियो रहेका ती वडामा संयुक्त मतमा भने गठबन्धन नै अगाडि हुने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार