1k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो बनाएका छन्। निकटम प्रतिद्वन्द्वी केशव स्थापितसँग बालेनले दुई हजार बढी मतको मनान्तर कायम गरेका छन्।
शाहले ४ हजार २५९ मत प्राप्त गरेका छन् भने स्थापितले २ हजार २३७ मत प्राप्त गरेका छन्। मतान्तर २०२२ मतको छ। त्यस्तै सिर्जना सिंहले २ हजार १८ मत प्राप्त गरेकी छन्।
मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबारदेखि महानगरको ७ ठाउँबाट मतगणना गर्ने निर्णय गरेको छ।