1.1k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिको चुनावमा प्रारम्भिक मतपरिणाममा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय देखिनु भएको छ ।
प्रारम्भदेखि नै अग्रता कायम गर्नुभएकी डंगोलले ६ सय २ मत ल्याउनु भएको छ । एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहसँग पछि परेको अवस्थामा डंगोलले आफ्नो अग्रता भने ४ सय ७६ पुर्याउनु भएको हो ।
गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ र स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याउनु भएको छ ।
यस्तै साझा पार्टीकी कृति तुलाधले ३५ मत पाउनु भएको छ । राष्ट्रियसभा गृह अहिले महानगरपालिको १, २, ३, ४ र ३२ वडाको मतगणना भइरहेको छ ।