Logout

चर्चामा

कांग्रेस देशलाई उल्टो बाटोमा हिँडाउँदै छ : अध्यक्ष ओली

887 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशलाई उल्टो बाटोमा हिँडाएको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै कमजोर तत्त्वलाई लिएर नेपाली कांग्रेसले उल्टो बाटोमा हिँडिरहेको ओलीले आरोप लगाए। ‘कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो।

कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्त्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशको हितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने।

नेपाल समय यसका साथै कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको ओलीको आरोप छ। संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएर कांग्रेसले संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली तथा आदर्शको उपहास गरेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार