Logout

चर्चामा

शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय

822 Shares

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूले शुक्रबार साँझ ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताइएको छ ।

निर्वाचन आयोगले शुक्रबार साँझ ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको हो । उनीहरूले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगले शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । साथै आयोगले निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने पनि जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

गत वैशाख ११ र १२ गते आयोगले मनोयन दर्ता गराएको थियो । आयोगका अनुसार बिहीबार साँझसम्म एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । तीमध्ये प्रमुख पदमा तीन हजार ५१८ जना, उपप्रमुखमा दुई हजार १७४, अध्यक्षमा तीन हजार ३९२ र उपाध्यक्षमा दुई हजार ४०७ जनाले उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा भने ३५ हजार ३८० जना, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्यमा २३ हजार ८५१ र सदस्यमा ५५ हजार ७६७ जनाको उम्मेदवारी परेको छ । यसैबीच नेपाली कांग्रेसले भने आफ्नो पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारलाई शुक्रबार साँझ ५ बजेभित्र फिर्ता लिन निर्देशन दिँदै यदी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार